२०८१ बैशाख १३

‘संविधान उल्लंघनलाई राजनीतिक साहसिक कदम मान्ने प्रवृत्तिले लोकतन्त्र बलियो हुँदैन’




काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लंघन गर्ने कार्य राजनीतिक कदम हुने परिस्थितिले लोकतन्त्रसँग सुदृढ हुन नसक्ने बताएका छन् । 



Advertisement



मंगलबार काठमाडौंमा आयोजित ‘संघीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदन’माथिको छलफलमा श्रेष्ठले संविधान उल्लंघनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताए ।

 



संविधान उल्लंघनलाई अपराधीकरण गर्नुपर्ने र राजनीतिक मतान्तरण भयो भनेर संविधान उल्लंघन गर्न नपाइने उनको भनाइ छ । उनले संघीयतासम्बन्धी आवश्यक ऐन नबनाउँदा प्रदेश र स्थानीय तहमा त्यसको असर देखिएको पनि बताए । 

संसद्बाट केही कानुन बनेको भन्दै कति उपलब्धि मान्ने भन्ने प्रश्न उठेको उनको भनाए छ । उनले परिवर्तनको अनुभूतिका लागि आवश्यक ऐनहरू संसद्मा आउन नसकेको धारणा राखे ।

Copy link
Powered by Social Snap