२०८० चैत्र १६

बालुवाटार छलफलमा जुटे सत्तारुढ दलका शीर्ष नेताहरू




काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।



Advertisement



गठबन्धनमा रहेका दलशरुबीच प्रत्यक्षतर्फ कुन दलले कति सिट र कहाँ पाउने भन्ने विषय अझै टुंगिएको छैन ।

निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फको उमेदवारी दर्ता गर्न १२ दिन मात्र बाँकी छ । 



तर, गठबन्धनले भने १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । 

अधिकांश स्थानमा सहमति भएको भनिए पनि आधिकारिक तथ्यांक भने बाहिर आउन सकेको छैन ।

Copy link
Powered by Social Snap