२०८१ बैशाख १३

भागबन्डा टुंगो लगाउने तयारी : सत्ता गठबन्धन कार्यदलको बैठक जारी




काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ दलहरूले यही असोज २३ गते उमेदवारी दर्ता गराउनुपर्ने हुन्छ । १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि कोजागत पूर्णिमाका दिन उमेदवारी दर्ता गराउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।



Advertisement



उमेदवारी दर्ता गराउनुपर्ने १२ दिन बाँकी रहँदा समेत दलहरूले उमेदवार ‘फाइनल’ गर्न सकेका छैनन् । विशेषगरी सत्ता गठबन्धनमा आबद्ध दलहरूले सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् ।

गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहरूबीच दिनहुँ छलफल भइरहेको छ । सहमति भएको छैन ।



गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठक आज बिहान ११ बजेदेखि जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीयसचिव रमेश मल्लले जानकारी दिए ।

दलहरूसामु बडादसैँअगावै सिटको भागबन्डा टुंगो लगाएर उमेदवार चयनको छलफल थाल्नुपर्ने दबाब छ । गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सिटमा सहमति जुटिसकेको बताइएको छ । प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँट विषयमा कार्यदलमा आइतबार र सोमबार छलफल गरेर त्यसबारेको विवरण शीर्ष नेताहरूलाई बुझाइएको छ ।

Copy link
Powered by Social Snap