२०८० चैत्र १६

कांग्रेस पदाधिकारीको बैठक बस्दै 




काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस पदाधिकारीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । आफूहरू अहिले बैठक बस्न लागेको एक पदाधिकारीले जानकारी दिए ।



Advertisement



उनका अनुसार आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको पार्टीको समानुपातिकतर्फको बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम र सत्ता गठबन्धनभित्रको छलफलका विषयमा बैठकमा कुराकानी हुनेछ ।



यसअघि, आजै बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

Copy link
Powered by Social Snap