२०८१ बैशाख १४

गठबन्धन बैठकमा नागरिकता विधेयकबारे छलफल 




काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको बैठक जारी छ । बालुवाटारमा बसिरहेको बैठकमा नागरिकता विधेयकबारे छलफल भइरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।



Advertisement



नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपश्चात् लामो समयसम्म संसद्कोे राज्यव्यवस्था समितिमा अड्किएको थियो । अहिले विधेयक प्रतिनिधि सभामा पुगेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को चालु अधिवेशनबाटै विधेयकलाई अघि बढाउने तयारीमा रहेको गठबन्धनका नेताहरूले बताएका छन् ।

Copy link
Powered by Social Snap