२०८१ बैशाख ७

गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने देउवाको आश्वासन




धनगढी । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार कैलालीको धनगढी उप–महानगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौं गए लगत्तै विद्येयक ल्याएर गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिबद्धता ब्यक्त गरे । 



Advertisement



सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने प्रस्ताब अघि बढाउने बितिक्कै कैलालीमा स्वास्थ्य प्रतिष्ठानको आवाज उठेकोमा देउवाले खुसीसमेत ब्यक्त गरे । देउवाले विगतमा सुदूरपश्चिममा आफूले भोगेको दुःख सम्झिँदै वर्तमानमा विकासले गति लिएको बताए । गौरिफन्टा नाकालाई कैलालीसँगै जोडेर नाकाको स्तरोन्नती गर्नेमा प्रधानमन्त्री देउवाले आश्वास्त पारे ।


 कैलालीमा समस्याको रुपमा रहेको नदी कटान, डुवान र अतिक्रमणको समस्या  समाधानका लागि आफूले पहल गर्नेसमेत प्रधानमन्त्री देउवाको भनाइ छ । 

Copy link
Powered by Social Snap