२०८१ बैशाख १३

कविता : नेपालको सुन्दरता

नेपाली पनमा छ गौरब धेरै, चाहिन्न केही अरु
हेर्छौ सुन्दर देश नयनले, हामी नेपालीहरु।
बिर गोर्खलिले बचाएको देश, सधै यो बाची रहोस
ठुला ठुला हिमालका दृश्यले, यो देश बाची रहोस।।

भाषा धर्महरु फरक छन्, जाती फरकै छ रे
हाम्रो देश बनाउन बिरहरुले, धेरै प्रयास गरे।
हासेका छन् पहाडहरु नै, नेपाल यो सुन्दर
राम्रा राम्रा हिमालले रमिरह्यो, नेपाल मेरो घर।।


Advertisement


प्यारो लाग्छ मलाइ देश अनि, नेपालको सम्पदा
रम्दै आपसमा मुनाल बनमा, खुसी भै नाच्छ्न सदा।
नेपाली बनका पुस्पहरुले, यो देश शृङ्गारियोस
रारा तालको सुन्दरताले धरतिमा, यो देश पर्ख्यत होस।।

फेवाताल र गण्डकी अरुणले, नेपाल सम्पुर्ण छ
मेरो देश कला र प्रकिर्तिमा, आफै भरिपुर्ण छ।
येस्तो सुन्दर देश हो जगतमा, नेपाल के कम छ र
घुम्दै छन् बिदेशीहरु नेपालमा, तिरेर धेरै डलर।।

Written by : Manish Subedi

Copy link
Powered by Social Snap