२०८३ कार्तिक १२

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

साभार: सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारीका रूपमा फैलिएको कोरोनाभाइरसलाई फेरि चिनियाँ भाइरस भनेका छन्।

बिहीबार राति रिपब्लिकन पार्टीको तर्फबाट २०२० का लागि राष्ट्रपति उम्मेद्वार स्वीकार्दै गरेको सम्बोधनमा ट्रम्पले कोरोनाभाइरस  नियन्त्रण गर्न सक्ने अवस्था हुँदाहुँदै चीनले संसारभरि फैलिन दिएको आरोप लगाए।

उनले यसअघि पनि कोरोनालाई चिनियाँ भाइरस र वुहान भाइरस भन्दै आएका थिए। विश्व स्वास्थ्य संगठनले यसरी कुनै देश र भुगोलसँग जोडेर भाइरसको नामाकरण गर्न नहुने बताउँदै आएको छ।


Advertisement


राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसविरूद्धको भ्याक्सिन बनाउने काम तीव्र रूपले अघि बढिरहेको बताए।

‘अरू बेला वर्षौं लाग्ने उपलब्धि हामीले केही महिनामै हासिल गरेका छौं। अहिले अमेरिकी कम्पनीले बनाएका तीन वटा भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन्,’ ट्रम्पले भने,’भ्याक्सिन ल्याएर हामी यो भाइरसलाई निमिट्यान्न पार्नेछौं।’

ट्रम्पले आफ्नो प्रशासनले भाइरस नियन्त्रण र रोकथामका लागि चालेका कदमको पनि बचाउ गरे।

अमेरिकाले संसारका कुनै पनि देशले भन्दा बढी परीक्षण गरेको, मृत्युदर कैंयौ युरोपेली मुलुकको भन्दा कम रहेको र संसारकै ठूलो आर्थिक राहतको कार्यक्रम ल्याएर अर्थतन्त्रलाई चलायमान बनाएको ट्रम्पको तर्क छ।

‘हाम्रो अर्थतन्त्रको गिरावट कुनै पनि मुख्य अर्थतन्त्रको तुलनामा कम छ। अप्रिलयता मात्रै ९० लाख रोजगारी सिर्जना भएका छन्,’ ट्रम्पले भने।

उनले डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन कमजोर रहेको पनि बताए। उग्र वामपन्थी विचारधारा राख्ने सिनेटर बर्नी स्यान्डर्ससँग मिलेर बाइडेनले लेखेको चुनावी घोषणा पत्रले अमेरिकालाई एउटा भद्रगोल र असफल मुलुक बनाउने ट्रम्पको आरोप छ।

सांसददेखि उपराष्ट्रपति हुँदासम्म बाइडेनले चीनको पक्ष लिएकाले उनले जिते चीन खुसी हुने ट्रम्पको भनाइ छ।

‘बाइडेनले आफूलाई उज्यालोको सहयात्री भनेका छन् तर उनका नीतिले हामीलाई अँध्यारोतर्फ लैजानेछन्,’ ट्रम्पले भने।

सम्बोधनका क्रममा ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा भएका कामहरूको चर्चा गरेका थिए। इरानसँगको आणवीक सम्झौता तोड्नेदेखि सीमामा पर्खाल लगाउने कामले अमेरिकालाई सुरक्षित राखेको उनको दाबी छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap