२०८३ कार्तिक १२

पहिलो बर्ष नै चावहिल को प्रमुख कलेज हुने सम्भावना बोकेको मनास्लु वल्र्ड कलेज

काठमाडौं:युवा उद्यमीहरुद्धारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली.द्धारा संचालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चावहिल चुच्चेपाटी स्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट करिव १०० मिटर अगाडि व्यापारीक महल केवल टावरकाे नजिकै आधुनिक प्रतिस्पर्धी र विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ नयाँ रूपमा स्थापना भएको छ।यस कलेजले नवीनतम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीको बाैद्धिक क्षमता विकास गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपुर्ण शैक्षिक गन्तव्य हो।

शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुल कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुकले जीवनकालागि व्यावहारिक शिक्षा प्रदान गर्नु पर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर निर्माण भएको एक मात्र छुट्टै संस्था हो मनाश्लु वल्र्ड कलेज।यति मात्र विषयमा सिमित नभएर यस संस्थामा विभिन्न उद्यमशिलता तथा व्यापारिक क्षेत्रमा क्रियाशील संस्थाहरु समेत जोडिएका छन।

यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु कुनै पनि क्षेत्रको नेतृत्वदायी भूमिकामा रहने गरि पुग्ने किसीमले तयार गर्ने उदेश्यका साथ स्थापना गरिएको”मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली“का अध्यक्ष गेहेन्द्र लामाको भनाइ छ।उनी अहिलेको आधुनिक प्रविधिको गतिशिलतालाई ध्यानमा राखेर विद्यार्थीलाई अध्यापन गराउनुपर्ने बताउँछन।विद्यार्थी हरेक प्रकारले सिर्जनसिल हुनुपर्ने र अध्ययन गरिसके पछि उनीहरु आफैले विभिन्न व्यवसाय संचालन गर्न सक्ने किसिमको बनाउने गरि शिक्षा दिनकालागि आफुहरु लागि पर्ने कलेजका प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन।यस कलेजले विद्यार्थीहरुमा उद्यमशिल बन्न उत्प्रेरित गर्न,टिम वर्क गरि व्यवसाय गर्न तथा प्राविधिक विषयमा बौद्धिक जनशक्ति निर्माण गर्नका लागि कलेजको स्थापना भएको हो।

कलेजका बिषेशताहरु:

१.लामो ससमय शिक्षा क्षेत्रमा कृयाशिल,उर्जासील युवा उद्यमिहरु द्धारा संचालित २.दक्ष,अनुभवी तथा युवा उर्जावान संकायगत प्राध्यापक जनशक्ति

३.आधुनिक सुविधा सम्पन्न भवन शान्त एवम् रमणीय वातावरणमा पठनपाठन हुने ४.प्रविधि मैत्रि कक्षा बिज्ञान प्रयाेशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा

५.सीपमूलक व्यवहारिक शिक्षा तथा संस्कारयुक्त शिक्षा                                ६.विद्यार्थीको चाैतर्फी विकासकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण,खेलकुद तथा बौद्धिक प्रतिष्पर्धात्मक कार्यक्रमहरु    

७.विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गरि शैक्षिक अनुभवको आदान प्रदान गरिने                                                                                             ८.पढाईमा अब्बल,खेलकुद ,गायन,नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने

९.विद्यार्थीहरुको रूचि अनुसार शिक्षण सिकाइ गरिनुको साथै जुन विद्यार्थीकाे जे क्षमता रहेको छ।त्यहि क्षमतालाई अभिवृद्धि गर्नको लागि कलेजले सहजिकरण गर्ने 

१०.पाठयक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रमको अलवा अन्य सिपसँग जोडिएका विविध क्रियाकलापहरु जस्तै:ग्राफिक्स डिजाइन,वेबसाईड बनाउने,फोटोग्राफी, भिडियोग्राफि,फोटोसप,भिडियो ईडिटिङ्ग,व्यतित्व विकासको तालिम सामान्य होटल तालिम,पब्लिक स्पिकिंग,उद्घोषण तालिम लगायतका अन्य सिपसँग जोडिएका क्रियाकलापहरु संचालन गरिने


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap