२०८३ कार्तिक १२

कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु

साभार: रातोपाटी

कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो भने आज  बुटवल १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रातोपाटीलाई बताए । योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २७ पुगेको अस्पतालले जनाएको छ ।


Advertisement


रुपन्देहीको शुद्धोधनका पुरुषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर जांच गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या पनि रहेको  थियो

डा. थापाले गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गर्दागर्दे मृत्यु भएको बताए । उनलाई पनि निमोनिया र मिर्गौलामा समस्या देखिएको थियो । अहिले अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ । यस्तै दाडमा पनि एक जनाको मृत्यु भएको छ ।

दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताएका छन् ।#मृत्यु


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap