२०८३ कार्तिक १२

‘अक्वा फ्रिडम’ पानीको जारमा किरा भेटियोः अस्वस्थ पानी बेच्ने उद्योगमाथि कारबाही गर्न विभागलाई पत्राचार

साभार: रातोपाटी

काठमाडौं । अक्वा फ्रिडम नाम गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका मुलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित अक्वा फ्रिडमको शिलबन्द जारको पानीमा किरा फेला परेको हो ।

गुणस्तरहीन पानीको उत्पादन एवम् विक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने कम्पनीमाथि तत्काल कारबाही गर्न राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग माग गरेको छ ।

निजी क्षेत्रबाट वितरण हुने खानेपानीको मूल्य, गुण र गुणस्तर तथा वितरण व्यवस्थाबारेमा पटक–पटक सर्वसाधारण उपभोक्ताहरुबाट गुनासाहरु आइरहेको अवस्थामा विभागबाट प्रभाकारी बजार अनुगमन तथा कारबाही हुन नसकेको भन्दै मञ्चले गुणस्तरहीन पानी बेच्ने कम्पनीलाई तत्काल कारबाही गर्न सम्बन्धित विभागलाई पत्राचार गरेको हो ।


Advertisement


मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी पत्रमा उक्त कम्पनीले

खाद्य ऐन, २०२३ अनुसार प्रशोधित पिउने पानीको गुणस्तर निर्धारण नगरेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ पालन नगरेको र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार अनुचित व्यापार गरेको समेत उल्लेख गरिएको छ ।

सिद्धिलक्ष्मी अक्वा पानीले गुणस्तरहिन पानी विक्रिवितरण गर्नुका साथै तोकिएको बजार भाउ भन्दा बढीमा मूल्य पानी बेचेर उपभोक्ता ठग्ने काम समेत गरेको मञ्चको आरोप छ ।

२० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँभन्दा बढी लिन नपाइने गरी विभागले गत साउन २४ गते पिउने पानीको अधिकतम खुद्रा मूल्य तोकेपनि कम्पनीले अधिकतम ६० रुपैयाँ प्रतिजारमा पानी विक्री वितरण गर्दै आएको मञ्चले बताएको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap