२०८३ बैशाख १४

आहा फुड्सको आशालाग्दो सुरुवात: स्थापनाको पहिलो त्रैमासिकमै १५ को इपिएस




उदाउँदै गरेको FMCG ब्रान्ड Aaha Foods Private Limited ले स्थापनाको पहिलो त्रैमासिकमै १५ को EPS हासिल गर्दै उल्लेखनीय सुरुवात गरेको छ। छोटो अवधिमै नाफामूलक प्रदर्शन गर्न सफल भएको यस कम्पनीले बजारमा आफ्नो सम्भावना प्रष्ट पारेको छ।

बेँसार तथा अन्य मसला उत्पादनबाट व्यवसाय सुरु गरेको Aaha Foods हाल काठमाडौं उपत्यका भित्रको अपार्टमेन्ट, हाउजिङ र वरिपरि बजार क्षेत्रमा गहिरो पहुँच बढाउन केन्द्रित रहेको छ। यद्यपि व्यापक राष्ट्रिय पहुँच र मास मार्केटिङ रणनीति भने अझै विकासकै चरणमा रहेको कम्पनीले जनाएको छ।

आहा फुड्स, A.F.T.I. Investments Limited को FMCG क्षेत्रको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको छ र प्रारम्भिक सफलताले आगामी दिनमा थप विस्तारको सम्भावना देखाएको छ।



Copy link
Powered by Social Snap