२०८३ बैशाख १७

Tag: afti investments

आहा फुड्सको आशालाग्दो सुरुवात: स्थापनाको पहिलो त्रैमासिकमै १५ को इपिएस

आहा फुड्सको आशालाग्दो सुरुवात: स्थापनाको पहिलो त्रैमासिकमै १५ को इपिएस

SYM शुद्ध सकारात्मकता, आर्थिक
उदाउँदै गरेको FMCG ब्रान्ड Aaha Foods Private Limited ले स्थापनाको पहिलो त्रैमासिकमै १५ को EPS हासिल गर्दै उल्लेखनीय सुरुवात गरेको छ। छोटो अवधिमै नाफामूलक प्रदर्शन गर्न सफल भएको यस कम्पनीले बजारमा आफ्नो सम्भावना प्रष्ट पारेको छ। बेँसार तथा अन्य मसला उत्पादनबाट व्यवसाय सुरु गरेको Aaha Foods हाल काठमाडौं उपत्यका भित्रको अपार्टमेन्ट, हाउजिङ र वरिपरि बजार क्षेत्रमा गहिरो पहुँच बढाउन केन्द्रित रहेको छ। यद्यपि व्यापक राष्ट्रिय पहुँच र मास मार्केटिङ रणनीति भने अझै विकासकै चरणमा रहेको कम्पनीले जनाएको छ। आहा फुड्स, A.F.T.I. Investments Limited को FMCG क्षेत्रको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको छ र प्रारम्भिक सफलताले आगामी दिनमा थप विस्तारको सम्भावना देखाएको छ। ...
दशकमा सतक नाराका साथ लम्किदै नेशनल इनर्जी कम्पनी

दशकमा सतक नाराका साथ लम्किदै नेशनल इनर्जी कम्पनी

कभर स्टोरी
नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार हुँदै गएको सन्दर्भमा National Energy Company ले नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो औपचारिक यात्रा सुरु गर्ने भएको छ। दशकभित्र १०० मेगावाट ऊर्जा परियोजना विकास वा नेतृत्व गर्ने लक्ष्यसहित कम्पनीले “दशकमा सतक” नारालाई अघि सारेको छ। नेशनल इनर्जी कम्पनी, A.F.T.I. Investments Limited को सहायक कम्पनी हो। ए.एफ.टि.आई. इनभेस्टमेन्ट्सले ऊर्जा क्षेत्रलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एकका रूपमा लिँदै आएको छ, विशेषगरी सौर्य ऊर्जा क्षेत्रलाई आफ्नो “फ्ल्यागशिप सेक्टर” का रूपमा परिभाषित गरेको छ। यही रणनीतिक सोचका आधारमा नेशनल इनर्जी कम्पनीले सुरुमा सौर्य ऊर्जा परियोजनाबाट आफ्नो काम अघि बढाउने योजना बनाएको छ। नेपालमा सौर्य ऊर्जा परियोजनाहरू तुलनात्मक रूपमा छिटो विकास गर्न सकिने र विभिन्न भौगोलिक क्षेत्रमा यसको सम्भावना राम्रो रहेको कारण कम्...