२०८३ कार्तिक १२

भक्तपुर घटना: आमा–छोरा मारेको २४ घण्टापछि आत्महत्या

साभार: रातोपाटी

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका सुदिप अधिकारी दम्पत्ति र छोरा सुशान्तको शव परीक्षणको बिस्तृत रिपोर्ट आएको छ । भदौ २६ मा साँझपख मृत फेला परेका आमा–छोरा र सुदिपको मृत्यु २४ घण्टाको समय अन्तरमा भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ । भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको शव परीक्षण रिपोर्टअनुसार छोराको टाउकोमा ४ वटा चोट र सुशान्तको टाउकोमा तीन पटक दाउराले हिर्काएको चोट देखिएको छ । सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट देखिएको छ ।

पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले सुदिपले २४ घण्टाअघि श्रीमती र छोराको हत्यापछि आफुले विष खाएर आत्महत्या गरेको निष्कर्ष निकालेका छन् । ‘शव फेला परेको ४८ घण्टाअघि आमा–छोरा र २४ घण्टाअघि सुदिपको मृत्यु भएको देखिएको छ’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले भने– ‘सुदिपले विष सेवन गरेको कुरा पोष्टमार्टमबाट पनि खुलेको हुनाले हत्यापछि आत्महत्या गरेको देखियो ।’ सुदिप डिप्रेशनमा थिए । घरमा झै–झगडा गरिरहने कुरा छिमेकीले पनि प्रहरीलाई बताएका छन् ।


Advertisement


सुदिपले भदौ २४ मा राती आमाछोराको हत्या गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । हत्यापछि उनले दुवैको मोवाईल बिहान ४ बजेर १३ मिनेटमा एकैपटक अफ गरिदिएका थिए । भोलिपल्ट उनले विष खाएर आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । सेल्फस नामक विषको दुईओटा बट्टा छतबाट बाहिर फालेको अवस्थामा प्रहरीले बरामद गरेको छ । 

उनीहरुको भि–सेरा परीक्षणका लागी नेपाल प्रहरीको सामाखुसीस्थित विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । भि–सेरा रिपोर्ट आउन बाँकी रहेको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए ।    


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap