२०८० चैत्र १६

Tag: bhaktapur suicide case

भक्तपुर घटना: आमा–छोरा मारेको २४ घण्टापछि आत्महत्या

भक्तपुर घटना: आमा–छोरा मारेको २४ घण्टापछि आत्महत्या

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका सुदिप अधिकारी दम्पत्ति र छोरा सुशान्तको शव परीक्षणको बिस्तृत रिपोर्ट आएको छ । भदौ २६ मा साँझपख मृत फेला परेका आमा–छोरा र सुदिपको मृत्यु २४ घण्टाको समय अन्तरमा भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ । भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको शव परीक्षण रिपोर्टअनुसार छोराको टाउकोमा ४ वटा चोट र सुशान्तको टाउकोमा तीन पटक दाउराले हिर्काएको चोट देखिएको छ । सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट देखिएको छ । पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले सुदिपले २४ घण्टाअघि श्रीमती र छोराको हत्यापछि आफुले विष खाएर आत्महत्या गरेको निष्कर्ष निकालेका छन् । ‘शव फेला परेको ४८ घण्टाअघि आमा–छोरा र २४ घण्टाअघि सुदिपको मृत्यु भएको देखिएको छ’ महानगरीय अपराध महाशाखाका प्...