२०८३ कार्तिक १२

काठमाडौं प्रशासनको सेवा आइतबारदेखि, सेवाग्राहीलाई तोकियो छुट्टाछुट्टै बार

साभार: रातोपाटी

काठमाडौं । ६ सातापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा आइतबारदेखि खुल्ने भएको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण बन्द गरिएको प्रशासनका सबै सेवाहरु निषेधाज्ञा खुला भएसँगै सुचारु हुने भएको हो । गत साउन २५ गतेदेखि यो सेवा बन्द रहँदै आएको थियो । 

सेवा सञ्चालन हुने भएपछि भिडभाड कम गर्न प्रशासनले सेवाको प्रकृति र क्षेत्र अनुसार सेवाको विभाजन गरेको छ । नयाँ नागरिकता र प्रतिलिपी, राहदानी, नाबालिग परिचयपत्र, हातहतियार दर्ता र नवीकरणका लागि विभिन्न क्षेत्रअनुसार सेवा दिने बारको निर्धारण गरिएको छ । जसअनुसार महानगर क्षेत्रका नागरिकले आइतबार, मंगलबार र बिहीबार, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरिका नागरिकले सोमबार, बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिकाका नागरिकले बुधबार र गोकर्गेश्वर, दक्षिणकाली, शंकरापूर र तारकेश्वर नगरपालिकाका नागरिकले शुक्रबार प्रशासनबाट सेवा पाउनेछन् । 


Advertisement


त्यस्तै, संघसंस्था दर्ताका लागि सोमबार र बुधबार, नवीकरणका लागि आइतबार, मंगलबार र बिहीबार र पत्रपत्रिका दर्ता र विधान संशोधनका लागि शुक्रबारको समय तोकिएको छ । प्रतिलिपी पत्राचार भने प्रत्येक दिन दिनको ४ बजेपछि खुला हुनेछ । 

तर, प्रशासनले उपलब्ध गराउने शान्ति सुरक्षा, सरकारी कार्यालय वा आयोनासँग सम्बन्धित छलफल, विपद् व्यवस्थापन सम्बन्धी सेवाहरु भने प्रत्येक दिन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रशासनले सेवाको लागि आउँदा आफ्नो बार मिलाएर मात्रै आउनुपर्ने, सीमित र आवश्यक व्यक्ति मात्रै आउनसक्ने, सबै कागजात पूरा गरेर मात्रै आउनुपर्ने, टोकन प्रणालीको आधारमा मात्रै कार्यालयमा प्रवेश दिइने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, रुघा खोकी, ज्वरो जस्ता लक्षण देखिएकालाई प्रवेश नदिइने व्यवस्था समेत गरेको छ ।  


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap