२०८१ बैशाख १८

प्रदेशसभामा समानुपातिक मत : प्रदेश १ मा एमाले, मधेसमा कांग्रेसको अग्रता





काठमाडौं । प्रदेशगत समानुपातिक मतपरिणाम आउने क्रम जारी छ । अहिले सातै प्रदेशमा प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना भइरहेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ३ बजेर २५ मिनेटसम्मको समानुपातिक मतलाई हेर्दा प्रदेश १ मा नेकपा (एमाले) र मधेशमा नेपाली कांग्रेसले अग्रता बनाएका छन् । 



Advertisement



प्रदेश १ मा एमाले पहिलो स्थानमा छ । एमालेले १ लाख १९ हजार ४८० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ९ हजार ७५ मत पाएको छ ।

तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ४५ हजार २७ मत पाएको छ । चौथो स्थानमा रहेको राप्रपाले ४२ हजार ५८५, पाँचौँ स्थानमा रहेको जसपाले १ हजार ५४८ र छैटौं स्थानमा रहेको नेकपा(एकीकृत समाजवादी) ले ८ हजार ८७५ मत पाएको छ । 

सातौं स्थानमा रहेको जनमत पार्टीले ६ हजार ५०३ मत पाएको छ ।



मधेसमा कांग्रेस अगाडि 

मधेसमा भने नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले हालसम्म ३९ हजार २४ मत पाएको छ । दोस्रोमा रहेको एमालेले ३३ हजार ५२४ पाएको छ । तेस्रोमा हालसम्म जनमत पार्टीको मत छ । उसको २८ हजार ७८९ मत छ । 

चौथोमा रहेको जनता समाजवादी पार्टीको २७ हजार २०२ र पाँचौँ स्थानमा रहेको माओवादीले १५ हजार ५६ मत पाएको छ । छैटौंमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले १० हजार ६३८ मत प्राप्त गर्दा नेकपा (एस)ले १० हजार ४१६, राप्रपाले ७ हजार ७५५ र नेपाल संघीय समाजवादीले ५ हजार ७०३ तथा नागरिक उन्मुक्ति पार्टीले ४ हजार ९४७ मत पाएको छ ।

Copy link
Powered by Social Snap