


सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा छ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ।
Advertisement


दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभर रहेका सिप्रदीका च्यानल पार्टनरहरू-आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिकमर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन्।

तालिम सकेपछि सिफारिस गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका कम्पनीले बताएको छ।
कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र दिएका बताइएको छ।






