२०८१ बैशाख १८

अमेरश र दुवेदीले पाए माछा, प्रभुलाई चापाकल




जनकपुरधाम । कांग्रेसले टिकट नदिएपछि सर्लाही ४ बाट स्वतन्त्र उमेदवारी दिएका अमरेश सिंहले चुनाव चिह्न ‘माछा’ पाएका छन् । बुधबार निर्वाचन आयोगले उनलाई ‘माछा’ चुनाव चिह्न दिएको हो ।



Advertisement



कांग्रेसले सर्लाही ४ बाट नागेन्द्र रायलाई उमेदवार बनाएको छ ।

पर्सा निर्वाचन क्षेत्र १ बाट पनि कांग्रेसका नेता अजय दुवेदीले स्वतन्त्र उमेदवारी दिएका छन् । उनले पनि माछा चुनाव चिह्न नै पाएका छन् । यहाँ पाँच दलीय गठबन्धनबाट लोसपाका लक्ष्मण लाल कर्ण उमेदवार छन् ।



यस्तै, रौतहट निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र रूपमा उ‍मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् । उनले एमालेबाट उमेदवारी नदिएर प्यानलसहित स्वतन्त्र उमेदवारी दिएका छन् ।

Copy link
Powered by Social Snap