काठमाडौं । विवेकशील साझा पार्टीका शंकर बन्जाडेले काठमाडों क्षेत्र नम्बर १ बाट उमेदवारी दिएका छन् । अन्तर्राष्ट्रिय नेपाली टाेपी दिवस अभियन्ता तथा उद्यमी बन्जाडेले आइतबार मनोनयन दर्ता गरेका हुन् ।
Advertisement
बन्जाडे नेपाली अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानका संस्थापक अभियान्ता तथा सफल युवा उद्यमी पनि हुन् ।
राजनीति शास्त्र र वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका बन्जाडे नीति निर्माण तहमा सक्षम र इमानदार युवाहरूको हस्तक्षेप आवश्यक रहेको भन्दै राजनीतिमा होमिएका हुन् ।