२०८१ बैशाख १८

एसपीपी सम्झौता नगर्ने पत्राचार गर्न ‘रुलिङ’को माग 




काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेत देव गुरुङ एसपीपी सम्झौतासम्बन्धी सरकारको निर्णय अमेरिकालाई पत्रचार गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले सरकारले गएको असार ६ गते एसपीपी सम्झौता नगर्ने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले पत्राचार नगरेको बताए ।



Advertisement



उनले छिट्टै पत्राचारका लागि ‘रुलिङ’ गर्न समेत माग गरे । विभिन्न पक्षसँग सल्लाह गरेर मात्र पठाइने भन्ने परराष्ट्र मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति आएको भन्दै उनले आपत्ति समेत जनाए ।

“परराष्ट्र मन्त्रालयले यो निर्णय कार्यान्वयन गरिरहेको छैन । त्यसैले सम्मानीय सभामुखमार्फत एसपीपीसम्बन्धी निर्णयको प्रत्राचार अविलम्ब गरियोस् भन्ने रुलिङको माग गर्न चाहन्छु,” उनले भने ।

गुरुङले यसका पछाडि गम्भीर तयारी भइरहेको समाचार आइरहेको बताए । उनले अरू नामबाट सोही सैन्य सम्झौता गर्ने प्रयास अमेरिकी पक्षबाट भइरहेको जिकिर समेत गरे ।

एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणाको पत्राचार समेत हुन नसकेको भन्दै उनले बुँदा कार्यान्वनबारे प्रस्ट हुनुपर्ने बताए ।

Copy link
Powered by Social Snap