


शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री हुने भएका छन्। नेकपा (एकीकृत समाजवादी) ले आइतबार बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषदमा दुई जना गैरसांसद रहने भएका हुन्।
Advertisement


एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अछामका शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका छन्।
उनीसहित नयाँ मन्त्रीहरू मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङले सोमबार सपथ ग्रहण गर्ने छन्।

कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए। गत फागुनमा उनको राष्ट्रिय सभाको चार वर्षे कार्यकाल सकिएको थियो।
मन्त्री नरहेका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।
यसअघि प्रधानमन्त्री देउवाले चैत २४ गते बरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री नियुक्त गरेका थिए।






