२०८३ कार्तिक १२

संखुवासभामा कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगर्ने

नेपाली कांग्रेसले संखुवासभामा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने भएको छ।


Advertisement


वैशाख ३० गते हुने स्थानीय चुनावमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने केन्द्रमा निर्णय भएको थियो।

जसअनुसार जिल्लामा पनि गठबन्धनमा रहेका दलका नेताहरूबीच पाँचपटकसम्म बैठक भएको थियो।

लगातार बैठक गरे पनि माओवादी मिलेर जाने पक्षमा नदेखिएको कांग्रेसको आरोप छ।

कांग्रेसका जिल्ला सभापति दीपक खड्काले माओवादीसँग गठबन्धन नगर्ने निर्णयमा पुगिएको बताए।

‘दिनरात बैठक बसेर छलफल गरे पनि माओवादीले गठबन्धनलाई चुनावसम्म लैजान चाहेको जस्तो देखिएन,’ उनले भने, ‘आवश्यकताभन्दा बढी दाबी गर्ने र नेकपा एकीकृत समाजवादीलाई माओवादीले स्वीकार नगरेको देखियो।’

उनले गठबन्धनमा रहेका अन्य दलहरूसँग भने चुनावी तालमेलबारे छलफल भइरहेको बताए।

‘गठबन्धनका अरू दलसँग छलफल भइरहेको छ। तर नेकपा एमालेसँग चुनावी तालमेल हुन्न,’ उनले भने।

संखुवासभामा १० स्थानीय तह छन्। ०७४ को निर्वाचनमा संखुवासभामा कांग्रेसले पाँच स्थानीय तह जितेको थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap