२०८३ कार्तिक १३

माधव नेपालले भने-गफाडीलाई गफ गर्न दिनोस्, हामी काम गरेर देखाऔं

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)ले मदन भण्डारीको नाम दुरूपयोग गरी राजनीति गरिरहेको आरोप लगाएका छन्। 


Advertisement


काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा शनिबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भण्डारीले ल्याएको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादलाई लिएर पनि गलतरूपमा प्रयोग गरिरहेको बताए।

उनले एमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको भन्दै जबजको मान्यतामा कुठाराघात गरिरहेको आरोप लगाए।

अध्यक्ष नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताए। एमालेमा रहेका इमानदार नेताहरू एकीकृत समाजवादीमा फर्किइरहेको भन्दै नेपालले आफूहरूले नयाँ पार्टी गठन गरेर कम्युनिस्ट पार्टीको निरन्तरता बोकेको जिकिर गरे।

अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दावी गरे। उनले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताए।

एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताए।

‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आईरहेको छ। अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन्। एकीकृत समाजवादी भन्न थालेको छन्। गफाडीलाई गफ गर्न दिनोस्। अरूको अपमान गर्न दिनोस्’, उनले भने, ‘हामी काम गरेर देखाऔं। इमान्दारिता, निष्ठा, समर्पणले काम गर्न गरौं। कसैले हामीलाई हेप्न नसकून्।’

अध्यक्ष नेपालले बिना कामको भ्यूटावर र गेट बनाउने नाममा अर्बौ बजेट खर्च स्थानीय तहमा भईरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले सो रकम युवाहरुलाई बिना ब्याज ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने दाबीसमेत गरे।  ‘बिना कामको भ्यूटावर बनाउने काममा अर्ब रुपैयाँ खर्च हुने गरेको छ। गेट बनाउने काममा करोडौं रुपैयाँ खर्च भएको छ। भ्यू टावर र गेट बनाउने खर्च गरेको रकम युवाहरुलाई निर्बयाजी ऋण दिएको भए मानिसहरु गाँस र बासको समस्यले छटपटाउनुपर्ने अवस्था आउने थिएन। सरकारको एक पैसाको पनि राम्रो सदूपयोग हुनुपर्छ।’

नेपालले अबको निर्वाचनमा कृषि, उद्योग, उत्पादन, वनको प्रयोग गरेर समृद्धिमा मुलुकलाई लैजानुपर्ने बताएका छन्। उनले विदेशबाट सीप सिकेर आएका युवाहरूको सीप नेपालमा सदुपयोग गर्नुपर्ने बताए। विज्ञान र प्रविधिको प्रचूर मात्रामा सदुपयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap