२०८३ कार्तिक १३

नेपालमा पूर्वाधार क्षेत्रमा लगानी चाहिएको छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी आवश्यक रहेको बताएका छन्।


Advertisement


अबको एक दशक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी चाहिने आवश्यक पर्ने थापाले बताए।

दसौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै आज थापाले नेपालको कृषि बजारमुखी हुने र मानिसहरूलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको बताए।

‘आन्तरिक स्रोत परिचालनले मात्रै पूर्वाधारको विकास गर्न सकिँदैन,’ महामन्त्री थापाले भने, ‘बाह्य लगानी भित्र्याउनुपर्छ।’ पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा पनि विकास गर्नुपर्ने उनले बताए।

उनले पूर्वाधारका लागि अहिले स्रोत अभाव रहेको पनि बताए। उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने पनि बताएका थिए। उनले गैरआवासीय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्न नहुने पनि बताए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap