२०८३ कार्तिक १२

भारतद्वारा श्रीलंकाविरूद्धको सिरिज ‘क्लिन स्विप’

घरेलु टिम भारतले श्रीलंकाविरूद्धको टेस्ट सिरिज २-० ले जित्दै सिरिज ‘क्लिन स्विप’ गरेको छ। सोमबार सकिएको दोस्रो टेस्टमा भारतले श्रीलंकालाई  २३८ रनले पराजित गर्दै सिरिज सहजै आफ्नो पक्षमा परेको हो।

यसअघि पहिलो टेस्टमा भारत इनिङ्ग्स र २२२ रनले विजयी भएको थियो। 


Advertisement


दोस्रो टेस्टमा भारतले दिएको  ४४७ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका दोस्रो इनिङ्ग्समा  २०८ रनमै अलआउट भयो।

श्रीलंका लागि कप्तान दिमुख करुणारत्नेले १०७ रन जोडे। बलिङमा भारतका रविचन्द्रन आस्विनले ४ विकेट लिँदा जसप्रित बुमराहले ३ विकेट हात पारे। 

पहिलो इनिङ्ग्समा भारत २५२ रन जोड्दा श्रीलंका १०९ रनमै अलआउट भएको थियो।

पहिलो इनिङ्ग्समा भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ९२ रन जोडेका थिए भने श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले ४३ रन जोडेका थिए। श्रीलंकाका ८ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए।

पहिलो इनिङ्ग्समा बलिङमा भारतका लागि  जसप्रित बुमराहले ५ विकेट लिएका थिए। 

भारतले दोस्रो इनिङ्ग्समा ९ विकेटको क्षतिमा ३०३ रन जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेपछि श्रीलंकाले ४४७ रनको लक्ष्य पाएको थियो।

यसअघि भारतले तीन खेलको टी-२० सिरिज पनि ३-० ले जित्दै क्लिन स्विप गरेको थियो।

टेस्ट सिरिजमा भारतका रिशव पन्त प्लेयर अफ दि सिरिज र अय्यर प्लेयर अफ दि म्याच भए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap