


स्पेनिस बार्सिलोनाले विंगर एडमा ट्राओरेलाई इंग्लिस क्लब वल्भ्सबाट लोनमा आबद्ध गरेको छ। ट्राओरे बार्सिलोनाकै एकेडेमीका हुर्किएका खेलाडी हुन्।
Advertisement



अब बार्सिलोनाले २६ वर्षीय स्पेनिस विंगर ट्राओरेलाई तलब दिनेछ भने आगामी सिजन क्लब आबद्ध गर्न सक्ने विकल्प पनि राखिएको छ।
वुल्भ्स र ट्राओरेबीच १८ महिनाको सम्झौता बाँकी नै छ।
सन् २०१५ मा बार्सिलोना छाडेर उनी एस्टन भिल्लामा आबद्ध भएका थिए। त्यसपछ दुई वर्ष मिडल्सब्रीमा खेलेका उनी सन् २०१८ मा वुल्भ्समा १८ मिलिउन पाउन्डमा आबद्ध भएका थिए।

वुल्भ्सबाट १५४ खेल खेल्दा उनले ११ गोल गरेका थिए।
सन् २०२० मा स्पेनिस राष्ट्रिय टिममा डेब्यू गरेका उनले ८ खेल खेलेका छन्।





