२०८१ बैशाख १८

५ देखि ११ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप दिने- प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई चाडै नै खोप दिने सरकारको तयारी रहेको बताएका छन्।


Advertisement


शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छिट्टैनै तयारी गरेर बालबालिकाहरूलाई खोपको व्यवस्था गर्न लागिएको जानकारी दिए।

‘५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै सुरू गरिनेछ’, प्रधानमन्त्री देउवाले भने, ‘कोभिड १९ विरूद्धको विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ।’

प्रधानमन्त्री देउवाले संक्रामक रोगविरूद्ध खोप उत्पादन गर्ने उद्योगीलाई वित्तिय सहलियत छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिए।

Copy link
Powered by Social Snap