२०८३ कार्तिक १२

लुम्बिनीमाथि कर्णालीको सानदार जित

वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले सानदार जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले लुम्बिनीलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अलआटउ भयो।


Advertisement


लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले १५ रन जोडे। प्रज्वल थापाले २८ रन र दुर्गेश गुप्ताले २० रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 

बलिङमा कर्णालीका प्रकाश जैसीले ५ विकेट लिए। युनिस सिंहले ३ विकेट र अनुज चुनाराले २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको कर्णालीले ८ विकेट क्षतिमा २३२ रन जोड्यो।

कर्णालीका लागि सुवास ऐरले ७६ रनको योगदान दिए। उनले ९० बलमा ९ चौका र ३ छक्का हिर्काए। 

कप्तान निश्चल रावलले ४४ रन जोडे। उनले ९९ बलमा ५ चौका प्रहार गरे। प्रकाश जैशीले २५ रन र सन्दीप शाहीले १० रन जोडे। 

बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ४ विकेट लिन सफल भए। विशाल विक्रम केसीले २ विकेट लिन सफल भए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap