२०८३ कार्तिक १२

नेविसंघ महामन्त्री कुँवर कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्री महेश्वरी कुँवर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।


Advertisement


उनी पाल्पा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि उठेकी थिइन्।

कुँवरले जम्मा ३१४ मत ल्याएकी थिइन्। उनी प्रत्यक्ष खुला महिलातर्फ महाधिवेशन प्रतिनिधि उठेकी थिइन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छिन्।

प्रत्यक्ष महिलातर्फ ८ जना प्रतिस्पर्धामा थिए। जसमध्ये धनकला गाहा, लालकुमारी राना, शान्ता बोहरा र सुनिता अधिकारीले चुनाव जितेका थिए।

कुँवर नेविसंघ तदर्थ समिति महामन्त्री हुन्। सभापति देउवाले २०७६ माघमा उनलाई महामन्त्री नियुक्त गरेका थिए। त्यसअघि उनी नैनसिंह महर नेविसंघ सभापति हुँदा सहमहामन्त्री थिइन्।

उनी पद्मकन्या क्याम्पसकी स्ववियुमा उपसभापति भएर पनि काम गरेकी थिइन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap