२०८३ कार्तिक १२

उरूग्वे बोलिभियासँग स्तब्ध, विश्वकपमा छनोट हुने सम्भावना कमजोर

विश्वकप छनोटको बलियो दाबेदार उरूग्वे बोलिभियासँग ३-० गोल अन्तरमा पराजित भएको छ।

आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि भएको दक्षिण अमेरिकी छनोटमा १० खेलाडीमा सिमित बोलिभियाले उरूग्वेमाथि सहज जित निकालेको हो।


Advertisement


बोलिभियालाई जिताउन जुवान कार्लोसले दुई गोल गर्दा मार्सेलो मोरेनोले एक गोल थपे ।

खेलको ३० औं मिनेटमा कार्लोसले गोल गर्दै बोलिभियालाई सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा मोरेनोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको उरूग्वेले यद्यपी गोल गर्न भने सकेन। खेलको ७४ औं मिनेट कार्मेलोले रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो। यसको प्रत्यक्ष फाइदा उरूग्वेले लिन सकेन।

खेलको ७९ औं मिनेटमा कार्लोसले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै ३-० को सहज जित दिलाए।

बोलिभियासँग पराजित भएसँगै सिधै विश्वकपमा छनोट हुने उरूग्वेको सम्भावना कमजोर बनेको छ।

उरूग्वे १४ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ। बोलिभिया १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहानै भएको अर्को खेलमा पेरूले भेनेजुएलालाई २-१ ले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ।

कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यस्तै ब्राजिल र अर्जेन्टिनाले पनि गोलरहित बराबरी खेलेका छन्।

दक्षिण अमेरिकी क्षेत्रबाट ४ टोली सोझै विश्वकपमा छनोट हुनेछन्। जसमध्ये ब्राजिल यसअघिनै विश्वकपमा छनोट भइसकेको छ।

समूहमा शीर्ष स्थानमा रहेको ब्राजिलको १३ खेलबाट ३५ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको २९ अंक छ। यस्तै तेस्रो स्थानमा रहेको इक्वेडरको २३ तथा चौथो स्थानमा रहेको कोलम्बियाको १७ अंक छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap