२०८३ कार्तिक १२

वीर अस्पतालको ओपिडी दुई दिन बन्द

साभार: कान्तिपुर

काठमाडौँ — संक्रमण फैलिएपछि वीर अस्पतालले मगंलबार (भदौ १६ गते) सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ । अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी संक्रमित छन् भने ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको छन् ।

जसले गर्दा बिरामीको उपचारमा खटिने जनशक्तिको कमी हुँदै गइरहेको छ । संक्रमित स्वास्थ्यकर्मी सबैको अहिले वीर अस्पतालमा उपचार भइरहेको निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए ।

‘लक्षण नभएकालाई पनि अस्पतालमै राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कोही भाडामा बस्ने, कसैको घरमा आइसोलेट भएर बस्ने वातावरण छैन, त्यसैले सबै अस्पतालमै छन् ।’ संक्रमितको उपचारका लागि अहिले सरकारले ५२ अस्पताललाई कोभिड अस्पताल भनेर तोकेको छ । तर, सबै अस्पतालले कोरोनाका बिरामी हेर्नै पर्छ । यद्यपि सुरक्षा सामग्री पर्याप्त नहुँदा स्वास्थ्यकर्मी नै संक्रमित हुँदै गइरहेको उनले बताए ।


Advertisement


कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन् । ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ । कार्डियोलोजी (मुटुरोग विभाग) खुला छैन । सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन् । फार्मेसीका कर्मचारीलाई पनि संक्रमण देखिएपछि त्यो समेत बन्द छ । अस्पताल भर्ना भएका बिरामीलाई औषधि किन्न बाहिरै जानुपर्ने अवस्था छ ।

‘कोभिड र नन् कोभिडका बिरामी एकै ठाउँमा उपचार गर्नुपर्छ,’ एक स्वास्थ्यकर्मीले भने, ‘एउटै पञ्जाको भरमा दिनैभर सबै वार्डमा बिरामी हेर्नुपर्छ । यसरी स्वास्थ्यकर्मी र बिरामी दुवै जोखिममा परिरहेका छन् ।’ उनका अनुसार लेखाका कर्मचारी संक्रमित भएपछि त्यो पनि बन्द छ । आकस्मिक कक्षकै तीनजना चिकित्सक पनि संक्रमित भएपछि आकस्मिक सेवा प्रभावित छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap