२०८३ कार्तिक १२

Tag: bir hospital

वीर अस्पतालको ओपिडी दुई दिन बन्द

वीर अस्पतालको ओपिडी दुई दिन बन्द

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर काठमाडौँ — संक्रमण फैलिएपछि वीर अस्पतालले मगंलबार (भदौ १६ गते) सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ । अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी संक्रमित छन् भने ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको छन् । जसले गर्दा बिरामीको उपचारमा खटिने जनशक्तिको कमी हुँदै गइरहेको छ । संक्रमित स्वास्थ्यकर्मी सबैको अहिले वीर अस्पतालमा उपचार भइरहेको निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । ‘लक्षण नभएकालाई पनि अस्पतालमै राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कोही भाडामा बस्ने, कसैको घरमा आइसोलेट भएर बस्ने वातावरण छैन, त्यसैले सबै अस्पतालमै छन् ।’ संक्रमितको उपचारका लागि अहिले सरकारले ५२ अस्पताललाई कोभिड अस्पताल भनेर तोकेको छ । तर, सबै अस्पतालले कोरोनाका बिरामी हेर्नै पर्छ । यद्यपि सुरक्षा सामग्री पर्याप्त नहुँदा स्...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125