२०८३ कार्तिक १२

सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन्।

उनले यो कुरा सबैले सुन्नुपर्नेमा जोड दिए।


Advertisement


‘सबैले सुने हुन्छ- प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक कोही हुन सक्दैन,’ उनले भने, ‘प्रजातन्त्रको खिलापमा कसैले अरु कुनै किसिमको सपना नदेखे हुन्छ, प्रजातन्त्रको रक्षा गरेको पार्टी हो।’

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताले आफ्नो मत मतदानमा देखाइदिने समेत बताए।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले भने, ‘जनताको नाम सबैले लिन्छन्, जनता नै हो भन्छन्। जनताले भोटमा देखाइहाल्छन् नि।’

संघीयता पूर्ण रुपमा कार्यान्वयन गर्न धेरै काम बाँकी रहेको समेत उनले बताए। देशमा विकासको काम अघि छिटो छरितो रुपमा अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारीसमेत नियन्त्रण हुँदै गएको बताए।

कोभिड महामारी रोक्न उल्लेखनीय भूमिका खेलेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यबाद दिएको उनले सुनाए।

बेलायत सरकारले पनि नेपालले कोभिड नियन्त्रण गरेकाले नेपालीलाई भिसा दिने निर्णय गरेको प्रधानमन्त्री देउवाले बताए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap