२०८१ बैशाख १८

बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स पुग्यो फाइनलमा

युइएफए नेशन्स लिगअन्तर्गत बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा फ्रान्सले २-० गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमलाई ३-२ गोलले पराजित गर्‍यो।


Advertisement


खेलको ३७ मिनेटमा कारास्को र ४० मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जिमयले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।

फ्रान्सका लागि बेन्जिमाले ६२ मिनेटमा गोल फर्काए। ६९ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

हर्नान्डेजले ९० मिनेटमा गोल गरेपछि फ्रान्सले ३-२ को रोमाञ्चक जित हात पार्‍यो।


अब उपाधिका लागि स्पेन र फ्रान्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।
 

Copy link
Powered by Social Snap