२०८३ कार्तिक १२

माधव नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै दुई सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्यका शारदादेवी भट्टले नेकपा नेपालको पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । 


Advertisement


माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका उनीहरुले सनाखत गर्नका लागि पछि निवेदन दिएका थिए। तर निर्वाचन आयोगले सनाखत गराएको थिएन। 

समाजवादीमा सनाखत गर्न नपाउँदा एमाले छाडे सांसद पद गुम्ने भएपछि उनीहरु बुधबार सर्वोच्च पुगेका हुन्। सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap