
निर्वाचनको तयारीमा खटिए सुरक्षा निकाय
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रीत भैसकेकोले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको अर्थमन्त्री विष्णु पौडेल सहित उपस्थित बैठकमा गृहमन्त्री थापाले सो निर्देशन दिएका हुन् ।Advertisementबैठकमा अर्थमन्त्री विष्णु पौडेले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्यतिलाई ध्यान दिई निर्वाचन केन्द्रीत बजेज प्रस्ताव गरी गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा पठाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त...
