२०८३ कार्तिक १२

Tag: traffice police nepal

अब लाइसेन्स, बिलबुक हराएमा ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाइनबाटै भर्न सकिन्छ फारम

अब लाइसेन्स, बिलबुक हराएमा ट्राफिक कार्यालय धाउनु नपर्ने, अनलाइनबाटै भर्न सकिन्छ फारम

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले हराएको लाइसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए। महाशाखामा कम्तिमा पनि दिनको दुई सय हराएको सिफारिस आउने गरेको जानकारी दिए। अनलाइन प्रणाली सुरू भएसँगै सेवाग्राहीले घर बसेरै सिफारिस रिपोर्ट लिन सकिने बताएका छन्। Advertisement सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गई लस्ट डकुम...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125