२०८१ बैशाख ८

Tag: tourism in nepal

‘पर्यटक आउन तयार छन्, ल्याउन तयार छैन सरकार’

‘पर्यटक आउन तयार छन्, ल्याउन तयार छैन सरकार’

देश, राजनीति, समाचार
साभार: सेतोपाटी सरकारले कात्तिक १ गतेदेखि पदमार्ग खुला गर्ने निर्णय गरेसँगै विदेशी पर्यटक नेपाल घुम्न आउन चाहेका छन्।  नेपालमा पदयात्रा खुलेको थाहा पाएर जर्मन नागरिक क्लज नेम्झाव र फ्रेन्च नागरिक जिन लुइसले नेपाल स्थित ट्रेकिङ एजेन्सीसँग परामर्श लिएका छन्।  पोखरास्थित इथिकल ट्रेकिङ एजेन्सी मार्फत उनीहरुले छिटो भन्दा छिटो आफूहरु मनास्लु क्षेत्र र अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न चाहेको बताएका छन्। त्यसो त बंगलादेश र भियतनामका ट्राभल एजेन्सीले नेपालमा पर्यटक घुम्न पठाउन चाहेको इथिकल ट्रेकिङ एजेन्सीका संचालक कृष्ण आचार्य बताउँछन्।  ‘सरकारले पर्यटन क्षेत्र खुला गरेको सूचनासहित पर्यटक र विदेशी एजेन्सीले सोध्ने गरेका छन्’, आचार्यले भने, ‘खुला गरेको छ भनौं कि नभनौं दोधारमा परेका छौं।’  आचार्य दोधारमा पर्नुका केही कारण छन्। सरकारले अहिलेसम्म अन्तर्राष्ट्रिय उ...