२०८१ बैशाख ११

Tag: Share market

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।  कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ ।  Advertisement ...