२०८० चैत्र १६

Tag: sarlahi

काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

काँग्रेसद्वारा सर्लाही घटनाको भत्र्सना

देश, राजनीति, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । नेपाली काँग्रेसले सर्लाही घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । सर्लाहीमा आफ्नो कार्यकर्ता दलित महेन्द्र रामको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका काँग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको थियो । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइसहित अन्य ३ महिला समेत घाइते भएका पौडेलले जानकारी दिए । Advertisement उक्त घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभा...