२०८१ बैशाख ७

Tag: saptari

धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
Credit: OnlineKhabar १० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । Advertisement विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ गते दिउँसो सवा ३ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । ती बिरामीमा पहिलेदेखि अन्य कुन...
सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १४ भदौ, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् । बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । Advertisement तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ ...