२०८१ श्रावण १२

Tag: road

सडकले नेपालसँग जोडियो भारतको सिक्किम

सडकले नेपालसँग जोडियो भारतको सिक्किम

देश, समाचार, सामाजिक
–रवीन्द्र काफ्लेपाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवतजावत सम्भव भएको छ । सिक्किम राज्य सरकारले नेपालको सीमासम्म सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको थियो ।  सोहीअनुसार सिक्किम पहिलोपटक सडक मार्गले नेपालसँग जोडिएको हो । सिक्किम (भारत) ले करीब दुई हप्ताअघि सडकको ट्र्याक चिवाभञ्ज्याङमा दशगजासम्म विस्तार गरेको हो । सडकको ट्र्याक खोलिएपछि सिक्किमका स्थानीय सरकारी अधिकारी, जनप्रतिनिधिहरू तथा निर्माण व्यवसायीहरूले चिवाञ्ज्याङ क्षेत्रको अवलोकनसमेत गरेका थिए ।  Advertisement नेपालले २०७० साल...
भक्तपुर देखि नगरकोट सडक धमा धम बन्दै

भक्तपुर देखि नगरकोट सडक धमा धम बन्दै

देश, समाचार
–सञ्चिता घिमिरेकाठमाडौं । लामो समयदेखि अवरुद्ध  भक्तपुर–नगरकोट सडक निर्माणले पछिल्लो समय गति लिएको छ ।  सो सडक चालू आवभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।  विसं २०७०/७१ मा सो सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म अवरुद्ध सो सडक निर्माणले पछिल्लो समय गति लिएको हो ।  १५ किमी सडकमध्ये सात किमी सडकको निर्माण सम्पन्न भएको र एक किमी सडक सम्पन्न हुने क्रममा रहेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार बाँकी सात किमी सडकको पनि कालोपत्र गर्ने तयारी भएको छ । उनले भने, “निर्माण व्यवसायी साइडमै काम भएकाले धमाधम काम भइरहेको छ ।” आगामी पुससम्म सक्ने गरी पछिल्लो पटक अवधि थप भएको थियो । कोभिड–१९ का कारण निर्माण कार्य हुन सकेको थिएन । निर्माण कार्यमा बाधा पुगेकाले ठेक्का सम्झौता छ महिना थप्ने निर्णय सरकारले गरेको थियो । अहिलेक...