२०८१ बैशाख ७

Tag: Rape Case

छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेली छन् । तेलीले असोज १६ गते आफ्नै छोरीकी मिल्ने साथीलाई बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।  २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार तेलीले १६ असोजमा घाँस काट्न गएकी बालिकालाई ललाईफकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।  बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए । सिंहकाअनुसार बलात्कारपछि बालिका बेहोस भएक...
बलात्कार आरोपीको पक्षमा मोरङ बारको विज्ञप्ति

बलात्कार आरोपीको पक्षमा मोरङ बारको विज्ञप्ति

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २३ असोज, काठमाडौं । सञ्चार माध्यमहरूले बलात्कारपीडितको पक्षमा समाचार लेखेको भन्दै मोरङ बार एसोसिएसनले आपत्ति जनाएको छ । मोरङ बारले निकालेको विज्ञप्तिमा बलात्कारको मुद्दामा न्यायाधीशले दिएको लिखित आदेशलाई ‘गोप्य कागज’ भन्दै त्यस्तो आदेश सार्वजनिक गर्नेमाथि कारवाही हुनुपर्ने भनिएको छ । ‘करणी गरेको हुँ तर एकहजार रुपैयाँ दिने शर्तमा’ भनेर अदालतमा सकारी वयान दिएका मोरङ, रतुवामाई, कुखुरेडाँडाका काजीमान श्रेष्ठलाई एक लाख रुपैयाँ धरौटीमा मोरङ जिल्ला अदालतले रिहा गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित भएपछि मोरङ बारको विज्ञप्ति आएको हो । २३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका श्रेष्ठलाई अदालतले धरौटीमा रिहा गरेको समाचारप्रतितर्फ इंगित गर्दै मोरङ बार एसोसिएसनले लेखेको छ, ‘अदालतको मर्यादामा खलल पुग्ने गरी अनधिकृत रुपमा गोप्य कागज...
बलात्कारको घटना ढाकछोप गर्न पञ्चायती, ५ लाखमा साटिएको थियो किशोरीको इज्जत

बलात्कारको घटना ढाकछोप गर्न पञ्चायती, ५ लाखमा साटिएको थियो किशोरीको इज्जत

देश, समाचार, सामाजिक
मुख्य अभियुक्तसहित ८ जना मतियार पक्राउ साभार: रातोपाटी काठमाडौँ । सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य अभियुक्त विष्णुपुर नगरपालिका– १ विष्णुपुरका २० वर्षीय मुकेश कुमार साह हुन् । त्यस्तै मतियारहरु विष्णुपुर नगरपालिका– १ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्द कुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४१ वर्षीय रामउदागर यादव, ६१ वर्षीय जगरविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादव पक्राउ परेका हुन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालल सिरहाको संयुक्त टोलीले उनीहरुलाई सिरहाको विभिन्न ठाउँबाट पक्राउ गरेको प्रदेश प्रहरी प्रमसख डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए । पक्राउ परेका ९ जनामाथि कानुन बमोजिम आवश...