२०८१ बैशाख ७

Tag: Railways

पछि हट्यो रेल विभाग, विकास समितिको चेतावनीपछि मिश्रको ‘मुड चेञ्ज’

पछि हट्यो रेल विभाग, विकास समितिको चेतावनीपछि मिश्रको ‘मुड चेञ्ज’

देश, समाचार
साभार: रातोपाटी काठमाडौं – प्रक्रिया पूरा नै जगरी गैरकानूनी रुपमा अघि बढेको रेलमार्गको ठेक्का प्रक्रियाबाट रेल विभाग पछि अटेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत झापाको काँकरभित्तादेखि सुनसरीको इनरुवासम्मको १ सय ६ किलोमिटरको रेलवे ट्राकबेड निर्माणका लागि आह्वान गरिएको ठेक्का विभागले रद्द गरेको हो ।  मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभागले गत असार १३ र १७ गते आह्वान गरेको जनाएको छ । ठेक्काको क्लज नम्बर ३७।१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको विभागको भनाई छ । सो क्लजले विभागले आशयपत्र प्रदान गर्नुअघि बोलपत्रकर्तालाई जानकारी दिई वा नदिई ठेक्का प्रक्रिया रद्द गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम यो ठेक्का प्रक्रिया रद्द गरिएको विभागले जनाएको हो ।  विभागले प्रक्रिया नै पूरा नगरी रेलमार्गको ठेक्का आह्वान ...
उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ

उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ

देश, समाचार
Credit: OnlineKhabar रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’ हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै काम गर्ला, ठूला (हेभी) कम्पनीलाई लजिस्टिक पक्षबाट आर्थिक रुपमा प्रतिस्पर्धी बनाएर सहयोग गर्न सक्दैन हवाइ यातायातले । हामीलाई बाह्य संसारसँग जोडिन रेल्वे कनेक्टिभिटीको भरपर्दो विकल्प छैन । हामी चीनसँग रेलमार्फत जोडिन सक्यौं भने फाइदा हुन्छ । वर्षमा हजारौं कन्टेनर युरोपबाट चीन र चीनबाट युरोप गरिरहेका छन् । चीनसँग रेलबाट जोडिँदा हामी मध्य, मध्यपूर्व र पश्चिम एसियालगायतका क्षेत्रसम्म पनि यातायात सञ्जाल...
काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन शुरु गर्न भारत तयार

काठमाडौं-रक्सौल रेलमार्गको अध्ययन शुरु गर्न भारत तयार

देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । काठमाडौं -रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई आग्रह गरेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको बताइन्छ । अझै एकाध महिना टोलीलाई बोलाउन नसकिने हुनसक्ने देखिन्छ । दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो । भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो । नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ...