२०८० चैत्र १६

Tag: province 1

प्रदेश–१ को नाम कोसी राख्न ओलीको सुझाव

प्रदेश–१ को नाम कोसी राख्न ओलीको सुझाव

देश, समाचार
Former PM Oli suggests name for Province 1 as Koshi झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश–१ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।   Advertisement अध्यक्ष ओलीले भने, “कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँको धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।” उनले अर्को प्रसङ्गमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टि...