२०८१ बैशाख ७

Tag: prachand

माधव नेपालको संयोजकत्वमा समिति गठन

माधव नेपालको संयोजकत्वमा समिति गठन

देश, राजनीति, समाचार
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सो पक्षको स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको थियो ।   Advertisement प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ । सोमबारको बैठकमा सद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।  साभार: रातोपाटी ...
प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग: सन्दर्भ पर्सामा नेकपा नेताको हत्या

प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग: सन्दर्भ पर्सामा नेकपा नेताको हत्या

देश, राजनीति, समाचार
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।  विन्दवासिनी पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रमका क्रममा  भएको झडपमा कात्तिक ६ गते उनको हत्या भएको थियो ।  Advertisement यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्सर्ना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको प्रति कार्यकारी अध्यक्षको हैसियतले समर्थन गर्दै प्रचण्डले दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।  प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी ...
दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा

दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको छ । दुई दिनको मौनता तोड्दै शुक्रबार दुई नेताले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनबारे कुरा नमिल्दा उनीहरुबीच मंगलबारपछि भेटवार्ता हुन सकेको थिएन । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता निरन्तर दैनिकजसो भेटवार्ता हुदै आएपनि मङ्गलबारपछि त्यो क्रममा ब्रेक लागेको थियो । Advertisement मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँ...
नेकपाको सर्कुलर : यस्तो छ ओली–प्रचण्डको कार्यविभाजन

नेकपाको सर्कुलर : यस्तो छ ओली–प्रचण्डको कार्यविभाजन

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेकपाका दुई अध्यक्षको कार्यविभाजनबारे नेकपाले आफ्नो आन्तरिक सर्कुलरमा थप प्रष्ट पारेको छ । स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्ताव अनुमोदन गरेसँगै सोमबार पार्टीपंक्तिमा जारी गरिएको आन्तरिक सर्कुलरमा ओली र प्रचण्डको कार्यविभाजनबारे प्रष्ट पारिएको हो । ‘पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुने गरेको छ । एउटा समस्या समाधान भएको केही समय नबित्दै नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ । यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ । वैधानिक व्यवस्थामा विद्यमान अस्पष्टतालाई स्पष्ट पार्दै पारस्परिक विश्वास र सहमतिका आधारमा यो समस्याको समाधान गर्नुपर्दछ । यसका लागि अध्यक्षद्वयको कार्य...