२०८१ बैशाख १२

Tag: police murder

धनगढी प्रहरी हत्या प्रकरणमा संलग्न थप १ जना प्रकाउ

धनगढी प्रहरी हत्या प्रकरणमा संलग्न थप १ जना प्रकाउ

देश, समाचार
कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन्  । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानकारी दिए । उनले प्रारम्भिक जानकारी अनुसार १० जनाको समुह हत्यामा संलग्न भएको सूचना रहेको र फरार रहेकालाई खोजी कार्य भइरहेको जानकारी दिए । कैलाली प्रहरीले मंगलबार हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको गरिसकेको छ  । धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  हत्यामा संलग्नमा धनग...