२०८१ जेष्ठ १

Tag: nirmala pant

चार आईजीपी फेरिए, ४७ महिना बित्यो, भेटिएनन् निर्मलाका हत्यारा

चार आईजीपी फेरिए, ४७ महिना बित्यो, भेटिएनन् निर्मलाका हत्यारा

देश, समाचार
काठमाडौं । ४७ महिनासम्म पनि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न प्रहरी असफल भएको छ । हत्यारासम्म पुग्ने ‘क्लु’ नपाउँदा प्रहरीले अनुसन्धानमा सफलता पाउन नसकेको हो । ०७५ साल साउन १० गते निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेको थियो । साथीको घरमा ‘नोटबुक’ लिन गएकी निर्मला साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो । खोज्दै जाँदा उनको शव घरभन्दा एक किलोमिटरको दूरीमा रहेको उखुबारीमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट र प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले ०७५ भदौमै भीमदत्त नगरपालिका–१९, बाँगफाँटाका ३९ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तक रूपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल नखाएपछि उनी छुटेका थिए । दिलीपलाई पक्राउ गरेपछि प्रह...