२०८३ कार्तिक १२

Tag: nepali writing

जागिरे बुहारी : कमला अधिकारी

जागिरे बुहारी : कमला अधिकारी

लेख, विचार, विचार
मानिसलाई सबभन्दा प्यारो आफ्नो स्वच्छन्दता अनि स्वतन्त्रता हुन्छ। जागिर एउटा यस्तो लगाम हो जहाँ हामीले नियम, कानुन, अनुशासन, मान मर्यादा स्वीकार्नुपर्छ। परिवारमा परिवारका सदस्यले सम्प्रेषण गर्न सके जागिर महिलाका लागि वरदान हो, सौभाग्य हो। अन्यथा जागिर हरेक बुहारीका लागि कठोर लगाम बनिदिन्छ। यसैमा रिङ्दा रिङ्दै स्वास्थ्यमा दाग लाग्छ अनि जिन्दगीमा कहिले पनि निको नहुने घाउ लाग्छ। सकारात्मक सोचका साथ सभ्य, सुसंस्कृत अनि शिक्षित परिवार हरेक छोरीका लागि सबभन्दा ठूलो उपहार जागिर। बिहान चार बजेर बीस मिनेट गयो। 'भाले बासिसक्यो, अहिलेसम्म जाग्ने अत्तोपत्तो छैन लाज नभाकी...'भन्दै सासूले गुनगुनाउन थालेपछि कोशेलीका आँखा गाह्रो मानी खुल्छन्। हतारहतार ओढेको कपडा फाल्छिन् अनि बिग्रेको कपाल सुम्सुमाउँछिन्। आफ्नो गुन्यु कसिलो गरी पटुकीले कसेर कामतर्फ लाग्छिन्। गोठभरीका भैंसी-बाख्रालाई कुँ...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125